गोरखा नगरपालिकाले पृथ्वी जयन्तीको दिन सार्बजनिक बिदा दिइने
२४,पौष–काठमाण्डौं । गोरखा नगरपालिकाले पृथ्वी जयन्तीको दिन सार्बजनिक बिदा दिने भएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९ औ पृथ्वीजयन्तीको दिन विभिन्न कार्यक्रम गरि मनाउने तयारी गरेको छ । सो अवसरमा नगरपालिकाले सरसफाइ, खेलकूद, दीप प्रज्वलनलगायत कार्यक्रम गर्ने भएको छ । कार्यक्रमअन्तर्गत पुस २६ गते नगरपालिकाभित्रका सबै वडामा सरसफाइ कार्यक्रम हुने प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए।
नेपाल चेम्बर अफ कर्मससँगको सहकार्यमा सोही दिन गोरखा बजार क्षेत्रमा सरसफाइ कार्यक्रम पनि गरिनेछ,’ उनले भने, ‘पुस २७ गते गोरखा युथ क्लबको संयोजनमा द्रव्य शाह चौतारा हुँदै ठूलो आँगन, अस्पताल चोक, हरमटारी, पुरानो बसपार्क हुँदै गोरखा दरबारसम्म खुला दौड प्रतियोगिताको आयोजना गर्ने तय भएको छ।
त्यस्तै पुस २७ गते सदरमुकामको खेलकूद मैदानदेखि हरमटारी हुँदै गोरखा सङ्ग्रहालयसम्म विभिन्न जातजातिको झाँकी प्रस्तुत प्रदर्शन गरिने प्रमुख प्रशासकीय अधिकृत पन्तले बताए। दिवसका अवसरमा पुस २८ गते गोरखा जेसिसको अगुवाइमा वक्तृत्वकला प्रतियोगितासहित खेलाडी सम्मान र पुरस्कार वितरण कार्यक्रम गरिने उनको भनाइ छ।