राजधानीका सबै बिद्यालय माघ १ गतेबाट खुल्ने
२४,पौष–काठमाण्डौं । कोरोना महामारीका कारण चैत्र ११ गतेदेखि लामो समय सम्म बन्द भएको सबै विद्यालय माघ १ गतेबाट खुल्ने भएको छ । अहिले नेपालमा कोराना संक्रमित संख्या कम हँुदै गए पछि सुरक्षा अपनाएर काठमाण्डौं उपत्यकाको सामुदायिक तथा निजी विद्यालय सबै खुलाउने सरकारले निर्णय गरेको हो । गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित यहाँका विद्यालयले सम्बन्धित निकायको समन्वयमा प्रत्यक्ष कक्षा सञ्चालनको तयारी गरेका हुन् ।
अनलाइन तथा रेडियोरटेलिभिजनमा आधारित वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएकाले पनि विद्यालय खोल्न दबाब परेको हो। कोरोना जोखिम कम भएका काठमाडौँ उपत्यका बाहिरका अधिकांश स्थानका विद्यालय गत मङ्सिरदेखि स्थानीय तहको अनुमतिमा सञ्चालनमा आएका थिए। ती विद्यालयमा सङ्क्रमित शिक्षक वा विद्यार्थी देखिए केही साता बन्दपछि पुनः सञ्चालनको प्रयोग पनि गरिएको छ। हाल देशभर दैनिक करीब ५०० र काठमाडौँमा २०० को हाराहारीमा सङ्क्रमित देखिएका छन्।
काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका अधिकृत ९आठौँ० मोती भट्टराईले जिल्ला कोभिड–१९ को समन्वय र सुझावमा अन्य क्षेत्र पनि खोल्ने तयारीसँगै जनस्वास्थ्यका मापदण्ड पालना गरी क्रमशः विद्यालय खोल्न सकिने बताए। उनले गाडीको प्रयोग नगरी माथिल्लो कक्षाबाट दिनमा तीनरचार घण्टाका दरले प्रयोगका रुपमा विद्यालय खोल्न सकिने जनाए।