सिधा कुरा कार्यक्रमका प्रोस्तोता रवि लामीछानेले न्यूस २४ टेलिभिजन छाडे

२४,पौष–काठमाण्डौं । सिधा कुरा कार्यक्रमका प्रोस्तोता रवि लामिछानेले न्यूस २४ टेलिभिजन छाडेका छन् । चर्चित कार्यक्रम जनतासँग सिधा कुरा कार्यक्रम चलाएर चर्चा कमाएका उनले आफ्नो व्यक्तिगत समस्याका कारण टेलिभिजन छाडेको जनाएका छन् । चर्चित कार्यक्रम सिधा कुरा जनता संगका उनी टेलिभिजनको कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए । पाँच वर्षपछि न्युज २४ टेलिभिजनबाट बाहिरिएको लामिछानेले पुष्टि गरे ।
आफूले टेलिभिजन छाडेकोबारे उनले न्युज टिमलाई पनि जानकारी गराइसकेका छन् । उनले आफ्नो पाँच बर्षको कार्यकालमा धेरै जनमत बटुलेका छन् । चार वर्षदेखि लामिछानेले चलाउँदै आएको सिधा कुरा जनतासँगको ६ सय ३५औँ एपिसोड बिहीबार भएको थियो । उक्त कार्यक्रम न्युन २४ बाट अब केही भाग प्रसारण हुने छ । ‘उहाँले पाँच महिनाअघि नै राजीनामा दिनुभएको थियो । स्वीकृतचाहिँ भएको छैन’,
सिधा कुरा जनतासँग निर्माण टोलीका एक सदस्यले भने, ‘नयाँ योजनामा केन्द्रित हुनुपर्ने समय आएकाले उहाँ रवी लामिछाने० ले टिभी छाड्नुभएको छ ।’ ती सदस्यका अनुसार सिधा कुरा जनतासँग अब दुईरतीन एपिसोड प्रसारण हुने छ । लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रमलाई अझ परिस्कृत, स’शक्त बनाएर पुनः दर्शकमाझ आउने बताएका छन ।