चन्द्रगिरी हिल्सले आज पौष २४ गतेबाट सर्बसाधारणका लागि आईपीओ निष्काशन गर्दै

२४,पौष–काठमाण्डौं । चन्द्रगिरी हिल्सले आज पौष २४ गतेबाट सर्बसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । दोस्रो चरणको आईपीओ निष्काशन अन्र्तगत १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन चन्द्रगिरी हिल्सले निष्काशन गर्न लागेको हो ।
कम्पनीले १ सय रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ । कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ।
बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। दोस्रो चरणको आईपीओ निष्काशन अन्र्तगत कम्पनीले चुक्तापुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १३ हजार ९६० कित्ताका लागि आवेदन दिन पाउनेछन्। कम्पनीले १३ लाख ९६ हजार ०२२ कित्ता साधारण शेयर निष्काशन गरेकोमा १ लाख ३९ हजार ६ सय २ लगानीकर्ताले मात्र दश कित्ता शेयर प्राप्त गर्ने छन्।
कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ। लगानीकर्ताहरुले बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन पाउनेछन् ।यो आईपीओको निष्कासन बन्द छिटोमा पुस २८ गते र ढिलामा माघ ९ गते बैंकिङ समयपश्चात् हुने छ ।