Logo

जताततै ओलीको आलोचना र बिरोध नै बिरोध के हुँदैछ राष्ट्रिय सभादेखि सडक सम्म ?


२४,पौष–काठमाण्डौं । अहिले प्रधानमन्त्रिको ओलीको वा! वा! र स्याबासी आउनुको सातो जताततै आलोचना र बिरोध बढी हुन थालेका छन् । सडकदेखि राष्ट्रिय सभासम्म अहिले व्यापक रुपमा ओलीको आलोचना हुन थालेका छन् । बिहिबार राजधानीको विभिन्न ठाँउमा ओलीको पुत्’ला दहन गरिएको छ ।

बानेश्वर,माईतीघर मण्डला हुदै आर.आर क्याम्पस अगाडी समेत अनेरा सभ्यू विद्यार्थीहरुले कडा रुपमा नाराबाजी गर्दै ओलीको पु’त्ला दहन गरेका छन् । ओलीले देश चलाउनको बदलामा कार्यकर्ता सम्बोधन र बयल गाडा कमेडियन गरेर समय बबार्द गरि रहेको उनीहरुले आरोप लगाएका छन् । पौष ५ गते एकलौटी रुपमा संसद बिघटन गरेर अहिले साँढे गोरु भएको भन्दै त्यो आफूहरुले नमान्ने पनि उनीहरुले बताएका छन् ।

हिजो माईतीघर मण्डलामा नेपालको ईतिहासमा पहिलो चोटी विद्यार्थी मानव साङलो गरिएको थियो भने बानेश्वर र आर आर क्याम्पस अगाडी ओलीको मसाल जुलुस सहित ओलीको पु’त्ला दहन गरिएको थियो । उनीहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि झण्डै झडपको स्थिति समेत सृजना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्