Logo

कुलुङ भाषाको चलचित्र सोङ्गेर लालीमा (जुनतारा )ले पूर्वमा व्यापक चर्चा कमाउदै


२३,पौष–काठमाण्डौं । गायक तथा निर्देशक मन बहादुर कुलुङको कथा बस्तु तथा निर्देशनमा बनेको चलचित्र सोङ्गेर लालीमा (जुनतारा )ले पूर्वमा व्यापक चर्चा पाएको छ । कुलुङहरुको महान् चाड् चाक्चाकुरको अवसरमा पौष १५ गतेबाट एकैसाथ धरान सुनसरी,झापा मोरङ्ग,बाराहाक्षेत्र चियाबारी,सोलुखुम्बुको महाकुलुङ गाउँपालिका लगायतका स्थानहरुमा प्रर्दशन शूरु गरिएको थियो ।

महाकुलुङ गाउँपालिकाको बुङ,छेस्काम,गुदेल लगायतका स्थानहरुमा प्रर्दशन गरिएको सो चलचित्र अहिले सम्म पनि निरञ्तर सोलुखुम्बुमा चली रहेको निदेर्शक मन बहादुर कुलुङले बताए । सो चलचित्रमा बिशेष गरि कुलुङहरुको भाषा संस्कृति र भेषभुषा पहिरणलाई आर्कक दंगबाट प्रस्तुत गरिएको निर्देशक मन बहादुर कुलुङले जानकारी दिए ।

चलचित्रमा ख्याती प्राप्त कलाकारहरु ,लक्ष्मण चौलागाई, बुद्ध श्रेष्ठ, रमा कुलुङ, रोशनी साप्कोटा, निर्देशक मन बहादुर कुलुङ लगायतका रोचक अभिनय रहेका छन् । सोङ्गेर लालीमा चलचित्रलाई तिलिजङ्ग राईले निमार्ण गरेका हुन् ।

सो चलचित्र करिब एक घण्टाको मात्र भएपनि कथा वस्तु र पात्रको तालमेल मिलेकोले आकर्षक बनेको निर्माता कुलुङ राईले बताए । चलचित्रलाई आम दर्शकले अत्याधिक रुचाएर सबै हल खचाखच भएको पनि उहाँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्