पश्चिमी नेपालबाट शुरु भएको उच्च वायु प्रदषणको प्रभाव बिराटनगरमा देखिए पछि घरबाहिर ननिस्कन स्थानीय सरकारको अपिल

२३,पौष–काठमाण्डौं । केही समयदेखि मौसमी गढबढ हुन थालेको छ । यसको प्रभाव अहिले पश्चिमी नेपालबाट शुरु भएको छ । उच्च वायु प्रदषण सहितको प्रभाव कर्णाली प्रदेश हुँदै अहिले बिराटनगरमा देखिन थालेको छ । प्रदूषण उच्च भएपछि स्थानीय सरकारले घरबाहिर ननिस्कन अपिल गरेको छ । वायु प्रदूषण बढेपछि विराटनगर महानगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल गरेको हो ।
महानगरपालिकाले फोहर डढाउने र विकास निर्माणको काम पनि रोक्न अनुरोध गरेको छ । प्रदूषण उच्च तहमा पुगेकाले मर्निङवाक गर्नेलाई पनि घरबाहिर ननिस्कन महानगरपालिकाले अनुरोध गरेको हो । कर्णाली प्रदेशको मौसममा केही सुधार भएसँगै अहिले फेरि यसको प्रभाव बिराटनगरमा देखिन थालेको हो ।
सामान्यतया हावाको गुणस्तर एयरक्वालिटी इन्डेक्स ०–६० सम्मको अवस्थालाई राम्रो मानिन्छ । तर विराटनगरमा हावाको गुणस्तर ९एयर क्वालेटी इन्डेक्स० १६० भन्दा माथि छ । यो अवस्था खतराको संकेत हो । बेलुकाको हावामा प्रदूषण झन् बढ्ने महानगरले जनाएको छ ।