Logo

प्रधानमन्त्रिको कदम बिरुद्ध सबै नेताहरु एकै ठाउँमा उभिए,के अब संविधान व्यूँतिन्छ ?


२३,पौष–काठमाण्डौं । प्रधानमन्त्री ओलीले गरेको संसद बिघटनको बिरुद्धमा यतिखेर सबै दलका नेताहरु करिब एकै ठाँउमा उभिएका छन् । छुट्टा–छुट्टै आन्दोलन गरीरहेका नेकपा दाहाल नेपाल समूह, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका नेताहरु मात्रै होईन, नेकपा माओवादी क्रान्तिकारी, नेकपा मसाल, बिबेकशिल साझा पार्टी लगायतका दलका नेताहरुले धेरै समयपछि एउटै मञ्चमा उभिएर प्रधानमन्त्री ओलीको कदम असंबैधानिक भएको बताएका छन् ।

ओलीको पक्षमा मुठी कसेर उभिएका नेताहरु समेत अहिले संसद विघटन असंवैधानिक भन्दै बिरोध जनाउन थालेका छन् । केही दिन अगाडी चुनावमा जानुपर्छ भन्ने मानसिकता बनाएका नेपालीका काँगे्रसका सभापति शेरबाहादुर देउवा समेतले अहिले ओलीको कदम असंवैधानिक भएको भन्दै थप आन्दोलनको घोषणा गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहद्वारा बुधबार काठमाडौंमा आयोजित अन्तरपार्टी अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश दलका नेताहरुले प्रधानमन्त्री ओली बिरुद्ध बिष बमन गरेका छन् । बिभिन्न राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री ओलीको असंबैधानिक कदमका बिरुद्ध एकजुट हुनुपर्ने बताएका छन् ।

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संसद विघटनको निर्णय व्यवस्था विरुद्धको कदम भएको बताउँदै संसद विघटनले नेकपा मात्रै नभएर देशै सिध्याइदिने कदम भएको बताए । ओली प्यानलका विश्वास पात्र तथा तथा पूर्व सभामुख सुवास चन्द्र नेम्वाङ समेत अहिले ओलीको कदम बिरुद्ध खुलेर बोल्न थालेका छन् ।

ओलीकै प्यानलका नेता ईश्वर पोख्रेलले पनि पार्टी फुटेको भन्दा पनि अब एक जुट हुनुको विकल्प छैन भन्दै एकतामै जोड दिएका छन् । जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले संविधानभन्दा माथिबाट समग्र व्यवस्थालाई नै ‘कू’ गरेको आरोप लगाए ।

पूर्वप्रधानमन्त्री भट्टराईले दुईतिहाइ बहुमतको सरकार चलाउन नसक्ने मान्छेले चुनाव गराउँछ भन्ने भ्रममा नपर्न पनि आग्रह गरेका छन् । यसबाट सबै दल एकै ठाउँमा उभिए भने के संविधान फेरि व्यूँतिन्छ भन्ने आम जनताको चासोको बिषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्