Logo

नेपाल टेलिकमले फोरजी सहितको उच्च गुणस्तरीय भ्वाइस सेवा ग्राहकलाई दिने तयारी


१९,पौष–काठमाण्डौं । अब नेपाल टेलिकमले फोरजी सहितको उच्च गुणस्तरीय भ्यवाइस सेवा ल्याउने तयारी गरेको छ । अहिले परीक्षणमा रहेको यो सेवा सुरु भएपछि टेलिकमको जीएसएम मोबाइल सेवाका सेवाग्राहीले अहिलेको भन्दा स्तरीय भ्वाइस सेवा पाउन सक्ने कम्पनीको दावी छ । टेलिकमले अहिले भ्वाइस सेवा टीडीएम प्रविधिमा दिइरहेको छ ।

यो सेवा सुरु भएपछि भ्वाइस सेवा एलटीईमा आधारित हुनेछ । यो सेवा सुरु भएपछि टेलिकममा मोबाइलमा हुने फोन इन्टरनेटमा आधारित प्रणलीमा आउनेछ । तर, त्यसको बिलिङ भने हालकै प्रणालीबाट हुने टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । थ्रीअहिले आफूले इन्टरनेट खोल्दा मात्रै मोबाइलमा इन्टरनेट चल्छ ।

तर, टेलिकमले परीक्षणमा रहेका सेवा थालेपछि कल आउँदा पनि फोन इन्टरनेटमै कनेक्ट हुने गरी सेवा लिन सकिनेछ । अहिले डाटा चलाएको अवस्थाबोहक अन्य अवस्थामा फोन थ्रीजीरटुजीकै सर्किटमा बस्छ भने नयाँ प्रविधिमा गएपछि फोन आउँदा पनि इन्टरनेटकै माध्यम प्रयोग गर्न सकिनेछ ।

यो सेवामा मोबाइल कनेक्ट हुन निश्चित गुणस्तरको फोरजी नेटवर्क भने उपलब्ध हुनुपर्छ । यो सेवा थालेपछि सेवाग्राहीबीच हुने कुराकानी अहिलेभन्दा धेरै स्पष्ट हुने र फोन गर्दा नबुझिने लगायतका गुण्स्तरसम्बद्ध समस्या कम हुने टेलिकमले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्