शिक्षा पत्रकार सञ्जाल नेपाल (इनोज) को नयाँ कार्य समिति गठन

१८ पुस, काठमाडौं । शिक्षा पत्रकार सञ्जाल नेपाल (इनोज) को नयाँ कार्य समिति गठन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा गोरखापत्रका पत्रकार प्रकृति अधिकारी निर्वाचित हुनु भएको छ । आज सम्पन्न सातौ अधिवेशनले उहाँको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति निर्वाचित गरिएको हो ।
कार्यसमितिमा उपाध्यक्ष, महासचीव, कोषध्यक्ष र सचिवमा क्रमशः अन्नपूर्ण पोष्टका सूर्य प्रसाद पाण्डे, द काठमाडौँ पोष्टका विनोद घिमिरे, नेपाल टेलिभिजनका रविचन्द्र पराजुली र रेडियो कान्तिपुरकी वार्वता चौधरी निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा घामछाया डटकमका रुपे आचार्य,
दि राइजिङ नेपालकी मञ्जिमा ढकाल, राष्ट्रिय समाचार समितिका विष्णु नेपाल, अभियान दैनिककी दुर्गा लामिछाने, राजधानी दैनिकका प्रशान्त ओली, प्राइम टेलिचिजनका दीपक अर्यालनिर्वाचित भएका छन् । प्रमुख अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारी र निर्वाचन आयुक्तराजेन्द्र उप्रेती पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।