Logo

कुनै पनि हालतमा संसद पुनःस्थापना नहुने ओलीको जिकिर


काठमाडौं, १८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा संसद पुनःस्थापना नहुने जिकिर गरेका छन् । लोकतन्त्र र संविधान नै खतरामा परेकोले नयाँ जनादेशको लागि सिफारिश गर्नुपरेको स्पष्ट पार्दै ओलीले सो कुरा बताएका हुन् । यो अवस्थामा कुनै पनि हालतमा अब संसद पून ः स्थापना नहुने ओलीले जिकिर गरेका हुन् ।

आफू पक्षधरको काठमाडौं जिल्ला कमिटीको भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ओलीले सबै पार्टी एक भएर चुनावमा जानुको बिकल्प नै नभएको पनि जनाएका छन् । पार्टी र सुरक्षा निकायले चुनावको तयारी गरिरहेकोले अब चुनाव समयमै हुने विश्वास समेत उनले दिलाएका छन् ।

देशलाई माया गर्ने शक्तिलाई जनताले मत दिने पनि उनले दाबी गरे । उनले दुई वटा अंक भएको सिट ल्याएर देखाउन प्रचण्ड र माधव नेपाल समूहलाई चूनौति दिएका छन् । यो भन्दाको अगाडीको भाषणमा पनि उनले प्रचण्ड र माधवको समुहलाई मामुली कार्यकर्ताको संज्ञा दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्