Logo

निर्देशक दीपक श्रेष्ठले बनाउने नयाँ फिल्ममा एलिजा गौतमले गरिन्, सम्झोता,आफ्नो पारिश्रमीकबाट उठेको रकम समाजसेवामा लगानी गर्ने


१८ पुस, काठमाडौं । ऋषी धमला पत्नी एलिजा गौतमले निदेर्शक दिपक श्रेष्ठले निदेर्शन गर्न लागेको नयाँ चलचित्रमा सम्झोता गरेकी छन् । आकर्षक पारिश्रमिक सहित काम गर्ने शर्तमा उनले सम्झौता गरिकी हुन् । आफैले नै निर्माण गरेको चलचित्र अनुरागबाट उनी नेपाली चलचित्रजगतमा प्रवेश गरेकी हुन् ।

त्यो चलचित्र पश्चात विभिन्न गीतको भिडियोमा मोडलिङ गर्दै चर्चा कमाएका उनी फेरि नुरागपछि दोस्रो चलचित्रमा प्रवेश गर्न लागेकी हुन् । अहिले दीपक श्रेष्ठले बनाउन लागेको चलचित्रमा कथा वस्तु मन परेकोले काम गर्न इच्छुक भएको उनले बताइन् । यसले, समाजको कथालाई बोल्छ । यसैले पनि फरक भूमिका निर्वाहा गर्ने आशाका साथ मैले चलचित्र साइन गरेकी हुँ उनले भनिन् ।

कलाकारिता क्षेत्रबाट कमाउने पारिश्रमिक पनि समाज सेवामा लगानी गर्ने नायीका गौतमको भनाई रहेको छ । उनले, चलचित्रबाट राम्रो पारिश्रमिक पाएको बताएकी छिन् । गौतम नायीकाको रुपमा निश्चित भएको छ भने त्यो चलचित्रमा नायकको अहिले खोजी भई रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्