प्रचण्ड माधव समुहले फेरि आज दोस्रो चरण रुवरुप आन्दोलनको घोषणा सार्बजनिक गर्ने
१८ पुस, काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन आज घोषणा गर्ने भएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरिने नेता हिमाल शर्माले जानकारी दिए । पत्रकार सम्मेलनअघि कार्यक्रमको स्वरुपबारे नेताहरुबीच छलफल गरिने नेता शर्माले बताए ।
अहिले पार्टी फेरि एक ढिक्का बनाउने भनेर बामदेव गौतम लागि परेका बेला प्रचण्ड र माधव कुमार नेपाल समुहले सशक्त आन्दोलनको घोषण गरि रहेका छन् । प्रचण्ड माधव पक्षले यसअघि नै प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय संघर्ष समिति गठन गरेको थियो ।
अबको आन्दोलनका कार्यक्रम वडादेखि पालिका, प्रदेश र केन्द्रसम्म जनपरिचालन हुने गरी घोषणा गर्ने तयारी भएको संघर्ष समितिका एक सदस्यले जानकारी दिए । पौष १४ गते पनि ५० हजार कार्यकर्ता सडकमा उतार्ने भन्दै प्रचण्ड माधव समुहका नेकपाले शक्ति प्रर्दशन गरेका थिए । यसअघि पुस १५ गते नै दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको सो पार्टीले केही दिन अन्य दलको सहमति जुटाउन स्थगित गरेको थियो ।
यो बीचमा काँग्रेस र जसपाससँग संयुक्त आन्दोलनका लागि प्रयास भएपनि काँग्रेस र जसपाले तत्काल संयुक्त आन्दोलनमा जान अरुची देखाएपछि प्रचण्ड माधव पक्ष एक्लैले दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्न लागेको हो । वर्तमान प्रधामन्त्रि ओलीले पनि आज नै प्रज्ञाभवनमा १ बजे कार्यकर्ता भेला कार्यक्रम राखेको छ ।