Logo

न्यायको माग गर्दै नवराज बि.क.का आमाबुबा तथा साथीका आफन्तहरु काठमाण्डौं आई पुगे,आज रिपोर्टसक्लवमा पत्रकार सम्मेलन गर्दै


१८ पुस, काठमाडौं । रुकुमको घटनामा ज्यान गुमाएका नवराज बि.क.का आमाबुबा तथा साथीका आफन्तहरु काठमाण्डौं आई पुगेका छन् । आफ्नो छोराको हत्’या भएको लामो समय हुँदा समेत कुनै न्याय नपाएपछि उनीहरु न्याय माग्न काठमाण्डौं आएका हुन् । आज उनीहरुले रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गर्ने भएकोे छ ।

जाजरबोटबाट बसमा २४ घण्टाको यात्रा गरेर नवराज विकका आमा–बुवा उर्मिला विक र मुनलाल नेपाली, गोविन्द शाहीका आमा भूमिकुमारी, गणेश बुढा मगरका बाबा पदमबहादुर, टीकाराम नेपालीकी आमा लक्ष्मी र सञ्जु विकका आमा सविता पहिलो पटक काठमाडौं आइपुगेका हुन् ।

गत १० जेठ जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विकले मल्ल थरकी युवती सुष्मालाई बिहे गर्न रुकुम पश्चिमको सोती पुग्दा गाउँलेले लखेटेर ६ जनाको हत्’या गरेका थिए भने १२ जना घाइते भएका थिए । अहिले त्यो घटनामा संलग्ल दोषीहरुलाई सबै छोडि सकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्