Logo

ओली हिन्दु धर्म निरीपेक्षता र संविधानको बिरोधी भएकोे प्रण्डको आरोप


१४,पौष–काठमाण्डौं । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रि समेत रहेका प्रचण्डले केपी ओली कलङ्क नेता भएको आरोप लगाएका छन् । ओलीले इतिहासमा लगाएको कलङ्कको टिका कहिल्यै नमेटिने पनि बताएका छन् । जनताले बिश्वास गरेर दिएको मतको दुरुपयोग गर्दै एक्लौटी ढङ्गबाट ओलीले प्रतिनिधि सभाको ह’त्या गरेको बताए । यो असंवैधानिक कदम अब जनताले नमान्ने पनि बताए । ओलीले ढाँटदै आफूलाई पटक पटक झुक्याउदा पनि सबै कुरा मान्दै गएकोले अहिले उनी साँढेगोरु भएको प्रचण्डको आरोप थियो ।

प्रचण्डले केपी शर्मा ओलीलाई सच्चिए भनेर विश्वास गर्नु गल्ती भएको भन्दै क्षमायाचना गरेका छन् । आज दाहाल–नेपाल समूहले काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ओलीले संविधानको बलात्कार गरें, मैले अपराध गरें भनेर नभनेसम्म नेपाली जनताले केपी ओलीलाई क्षमा दिनेछैनन् । प्रतिनिधिसभा भङ्ग भएको छैन बरु ओलीको सरकार भङ्ग भएको हो प्रचण्डले भन्नु भयो ।

उनले सम्बोधनको सुरुमा भनेका छन्,‘हामी छोटो समयमा यत्तिका धेरै विरोध सभा र प्रदर्शनमा उत्रिएका छौं । आज हाम्रो पार्टीले सबै जिल्लामा यस्तै प्रदर्शन र विरोध सभा आयोजना गरेको छ । हामीले देशभित्र र बाहिर रहेका सबै नेपाली दाजुभाई तथा दिदिबहिनीलाई सम्बोधन गरिरहेका छौं ।

संविधानमाथि भएको क्रुर र निर्मम प्रहारका विरुद्ध विश्वभरिका नेपाली दाजुभाई तथा दिदिबहिनीलाई अपिल गरेका छौं । यो लडाई सबैको लडाई हो ।’ नेपाली जनताले ७० वर्ष लामो समय लगाएर कहिले जनयुद्ध र कहिले जनआन्दोलन गरेर संविधानसभाद्धारा संविधान बनायएको स्मरण गराउँदै उनले ओलीले संविधानमाथि नै प्रहार गरेको टिप्पणी गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्