Logo

५० हजार कार्यकर्ता नेकपाले सडकमा उतार्ने चेतावी सहित भर्खरै चावहिलमा प्रर्दशन


 

१३,पौष – काठमाण्डौं । प्रधानमन्त्रि केपी शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा पौष १४ गते ५० हजार कार्यकता सडकमा उतार्ने भएको छ । आज राजधानी काठमाण्डौको चावहिलमा पौष १४ को पूर्व सांकेतिक विरोध जनाउदै प्रचण्ड माधव पक्षले सो कुरा जनाएका छन् । साँखुबाट आएको एक समूहले चावहिलमा मसाल जुलुस सहित प्रर्दशन गरेका थिए ।

सो जुलुसलाई प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडपको स्थिति समेत सृजना भएको थियो । मसाल जुलुससँगै निकानिएको ओगोको राँकोलाई प्रहरीले निभाएका थिए । करिब आधीघण्टा सम्म नारा जुलुस गरेपछि भोली भृकुटी मण्डपमा देशका विभिन्न स्थानबाट जुलुस निकालेर कोण सभा गर्ने बताउदै कार्यक्रम समापन गरिएको थियो ।

आधिकारिक रुपमा नेकपा फूटेको घोषणा भएपछि  पौष १० गते नै प्रचण्ड र माधव कुमार नेपाल समूहको बैठकले संघर्षको कार्यक्रम ल्याउने बताउदै ५० हजार कार्यकर्ता सडकमा उतार्ने उदघोष गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्