प्रदेश नं १ का मुख्य मन्त्रि धेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

१२ पुस, बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । आईतबार विहान राई विरुद्ध प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको हो ।
प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर रहेको । निवर्तमान अर्थमन्त्रि इन्द्र आङ्बोको नेतृत्वमा सो प्रस्ताव दर्ता भएको हो ।
समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् । प्रस्तावमा ३६ जनाको हस्ताक्षर रहे पनि प्रचण्ड–माधव नेपाल समूहका थप सांसदले हस्ताक्षर गर्न छुटेको एक नेताले बताए ।
प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन् । प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् भने मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् ।