Logo

ड्रमको सहराले कर्णाली नदिमा जीव तारियो


 

१२,पुष , आईतबार काठमाडौं । बाजुरा जिल्लाको विकट गाँउ स्वामीकार्तिक गाउँपालिकामा ड्रमको सहायताले कर्णाली नदिमा जीपलाई तारेर गाउँपालिका पुर्याइएको छ । दुर्गम तथा विकट स्वामीकार्तिक गाउँपालिकाको आर्थिक सहयोगमा शनिबार नदीमा ड्रमको सहारामा जीपलाई तारेर गाउँपालिकामा पुर्याइएको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाका तीन वडामा सडक पुगेकाले यातायातका साधन नहुँदा हिँडेर नै सेवा लिन आउने नागरिकलाई सहजताका लागि यातायात सञ्चालन गर्ने गरी जीपलाई ड्रममा राखी चढाएर नदीमा तारिएको हो । स्थानीय तहको निर्वाचन भएको तीन वर्ष बितिसक्दा समेत गाउँपालिकामा हालसम्म पनि कुनै किसिमको स्वारी साधन पुग्न नसकेको हो ।

कर्णालीपारिको एक मात्र गाउँपालिकामा हालसम्म यातायात पुग्न नसकेको र त्यहाँका जनताले निकै सास्ती भोगेको समस्यालाई मध्यनजर गरी कर्णाली नदीमा ड्रमहरूमा जीपलाई चढाएर पारि तारिएको हो ।

नदीमा जीप तार्न सहज नभए पनि जोखिम मोलेर तारियो”, अध्यक्ष शाही भन्नुभयो, “सुईजिउला कर्णाली नदीमा फेरी निर्माण गर्ने गरी डिपिआर तयार भए पनि आर्थिक अभावका कारण निर्माण गर्न सकिएको छैन, केही उपाय नलाग्दा ठूला ड्रमहरुमा बाँधेर जीप पारि लगिएको हो ।”गाउँपालिकाका पाँच वडामध्ये तीन वडामा सडक सञ्जालले जोडिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्