Logo

प्रदेश नं १ का मुख्य मन्त्रि शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्रि इन्द्र आङबोलाई पदमुक्त गराए


कलाखबर संवाददाता,११ पौष–काठमाण्डौं । प्रदेश नं १ का मुख्य मन्त्रि शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्रि इन्द्र आङबोलाई पदमुक्त गराएका छन् । आफ्नो विरुद्धमा हताक्षर गरेको भन्दै राईले शनिबार आङबोलाई पदमुक्त गराएका हुन । आङबोलाई भर्खरै पदमुक्त गराएको मुख्य मन्त्रिको कार्यलयस्रोतले जानकारी गराएको छ । आङबो पूर्व माओबादी कोटाबाट मन्त्रि बनेका हुन् ।

उनी अहिले प्रचण्ड–नेपाल समूहमा छन् । मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएका थिए । आइतबार नै राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी छ । नेपालको संविधानको धारा १६९ को ९२० ९ख० बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएको छ । केन्द्रमा प्रधानमन्त्री ओलीको एउटा समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको अर्को समूह बनेको छ । मुख्यमन्त्री राई ओली समूहका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्