Logo

गायक कृष्ण भक्त राईको श्रीमती आशा राई बचाउ अभियान सहयोगार्थ बृहत साँस्कृतिक कार्यक्रम हुदै


 

कलाखबर संवाददाता,पौष ८–काठमाण्डौं । संगीत विज्ञ,संयोजक तथा गायक कृष्ण भक्त राईको जीवनमा ठूलो बज्ज्रपात आईपरेको छ । लामो समयदेखि हजारौं गीत–संगीतको माध्यमबाट सारा संसारलाई हसाउदै र स्वर्णीम मनोरञ्जन दिदै आएका राई आज आफै रोधन र दुःखको भुमरी भित्र पिल्सिन बाध्य भएका छन् । करिब तीन बर्षदेखि उहाँकी आफ्नो जीवन संगीनी आशा राई मुटु,पाइल्स र थाईराइट जस्ता प्राणघाटक रोगबाट ग्रसित हुदै आएकी छन् । निरञ्तर उपचार गर्दै आएपनि केही सीप नलागेपछि अहिले गायक राई अतालिएका छन् ।

उहाँ आफै दृष्टिबिहिन हुनुहुन्छ । उहाँको कला र प्रतिभा भएर मात्र आप्mनो जीवन र परिवार सञ्चालन गर्न सम्भव भएको हो । उहाँको ठाउँमा अरु दृष्टिबिहिन भएको भए, परिवार धान्न त परोस् जाओस् आफै अरुको सहरा लिएर बाच्न बाध्य हुन्थ्यो नै । आफ्नो धर्म पत्नी आशा राईको जीवन रक्षाको निम्ति अहिले अस्पताल प्रशासनले तीन लाख भारु अर्थात चारलाख ८० हजार रुपैया आवश्यक पर्ने बताएपछि अहिले उनी सहयोग माग्न बाध्य भएका हुन् ।

उहाँले आफ्नो मन भित्रको पीडा पोखाउदै अहिले आफ्नो कमाईले मात्र परिवार धान्न र श्रीमती उपचार गर्न सम्भव नै नभएको कलाखबरसँग बताउनु भयो । आफ्नो श्रीमतीको नाम्मा देश विदेशबाट सहयोग आई रहेको र अझै पनि सबै दयालु मन भएकाहरुले सहयोग गर्न आग्रह पनि गर्नु भयो । अहिले गायक राईको जीवन संगीनी आशा राई बचाउन विभिन्न अभियन्ताहरु लागी परेका छन् । उहाकै श्रीमतीको सहयोगार्थ स्वरुप एकल साँझ तथा साँस्कृति कार्यक्रम पनि अभियन्ताहरुले गर्ने भएको छ ।

गायक राई दृश्टिबिहिन भएकोले पनि सहयोग गर्न नितान्त आवश्यक भएको फलैचा रेष्टुरेण्टका सञ्चालक उमेश राईले बताए । आफूहरुको पहलमा आगामी पौष १८ गते फलैचा रेष्टुरेण्टमा ख्याती प्राप्त कलाकारहरुको संयुक्त प्रस्तुति सहित वृहत साँस्कृति कार्यक्रममा उपस्थित भई सहयोग गर्न पनि उहाँले अनुरोध गर्नु भयो । गायक राईको आर्थिक अवस्था निकै नाजुक रहेको देखेर यो अभियानमा आफुहरु लागी परेको मुन्धुम स्टारका सञ्चालक सुमन वाङदेलले जानकारी दिनुभयो ।

यो अभियानको प्रचारप्रसारमा मुन्धुम स्टार डटकमले महत्पूण भूमिका निभाउने पनि उहाले बताउनु भयो । यो अभियानमा मुख्य रुपमा गायक अनिल कोयु राई,फलैचा रेष्टुरेण्टका सञ्चालक उमेश राई,गायीका मिना राई, अम्रिता राई, समाजसेवी चर्ना राई युवा नेता सुमन वाङदेल,युवाराज राई लगायत रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्