Logo

सचिवालयका पाँच सदस्यद्वारा लिखित पत्रसहित अनुरोध गरिएको पाटी बैठक ओलीद्वारा ठाडै अस्विकार


कलाखबर संवाददाता,२२,कात्तिक–काठमाण्डौं । नेकपामा अहिले बिबाद चुलिदै गएको छ । चरम पाटी फुटको संघारबाट जोगाउन र विभिन्न बिवाद विलाउन प्रचण्ड सहित पाँच सचिवालय सदस्यले पत्रसहित अनुरोध गरिएको पाटी बैठक प्रधानमन्त्री ओली ठाडै अस्विारकार गरेका छन् । असन्तुष्ट समूहले नेकपा केन्द्रीय सचिवालय बैठक सहमतिमा आइतबार या सोमबार डाक्न ओली समक्ष अनुरोध गरेका हुन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र बामदेव गौतम ओलीलाई केन्द्रीय सचिवालय बैठक डाक्न सहमत हुन लिखित पत्रसहित अनुरोध गर्न शनिबार बालुवाटार गएका थिए । तर ओलीले त्यसबारे कुनै निष्कर्ष नदिएको प्रवक्ता नारायण काजी श्रेष्ठले बताए ।

उनले आफूहरुले सकेसम्म छिटो भोलि या पर्सीसम्ममा बैठक डाक्न सहमत हुन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको जानकारी दिए। बैठकका लागि प्रचण्डले ओलीलाई पटक–पटक आग्रह गर्दै आएका थिए। तर ओलीले केन्द्रीय सचिवालय बैठक डाकेमा त्यसैदिन पार्टी फुटको घोषणा आफूबाट हुने चेतावनी प्रचण्डलाई दिइसकेका छन् ।

श्रेष्ठले कोरोना महामारी, त्यसले उत्पन्न गराएको संकट, पार्टी स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन प्रक्रिया र पछिल्लो पटक पार्टीमा देखिएको समस्याबारे छलफल गर्नका लागि बैठक बोलाउनु पर्नेमा जोड दिएको बताए । तर ओलीले नमानेमा के गर्ने भन्नेबारे अहिले नै आफूहरुले नसोचेको उनको भनाई रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्