Logo

ओली र प्रचण्डबीचको सम्बन्ध झन चिसियो, दुई अध्क्षबीच बिहिबार चर्काचर्की


कलाखबर संवाददाता,२१,कात्तिक–काठमाण्डौं । प्रधानमन्त्री ओली र प्रचण्डबीचको सम्बन्ध झन चिसिएको छ । दुई अध्क्षबीच बिहिबार चर्काचकी परेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान मन्त्रिपरिषद् बैठक सुरु भएको थियो । तर त्यो बैठकमा प्रचण्डले सहभागीता जनाएको थिएन । नेकपा जनवर्गीय संगठनहरूको कार्यालय पेरिसडाँडा, कोटेश्वरमा अध्यक्ष पुष्पकमल दाहालले छुट्टै कानुनविद्हरूसँग परामर्शमा थिए । दाहालका साथमा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरू थिए । त्यही छलफललाई लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा भने, ‘पार्टीमा गुटबन्दी चर्किएको छ, विश्वास अविश्वासका कुरा भइरहेका छन्, त्यसको सामना गरिनेछ । कोटेश्वरमा अहिले पनि बैठक बसिरहेको छ, अस्थिरताको प्रयत्न भइरहेको छ । त्यस्तो प्रयत्नलाई चकनाचुर पारिनेछ ।

ओलीले बुधबार मात्रै पनि आफूलाई राजीनामा मागिएको उल्लेख गर्दै अहिले राजीनामा दिँदा देश बर्बादीतिर जाने बताएका थिए । बालुवाटारमा ओलीले आफूविरुद्ध तानाबाना बुनिरहेको बताइरहँदा कोटेश्वरमा दाहालसहितका नेताहरू ओलीले चाल्न सक्ने संवैधानिक–राजनीतिक कदम र त्यसको सामनाका लागि अपनाउन सकिने उपायबारे नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितका कानुन व्यवसायीसँग छलफल गरिरहेका थिए । प्रधानमन्त्रीले यसअघि पनि अध्यादेश ल्याउनुभएकै हो, उहाँले अरू पनि संवैधानिक–राजनीतिक कदम चाल्न सक्नुहुन्छ, त्यसमा हाम्रो तयारी कस्तो बनाउने भनेर परामर्श गरेका हौं,’ छलफलमा सहभागी एक नेताले भने ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने कोरोनाले न्यायक्षेत्रमा पनि असर पारिरहेकाले त्यसमा के भूमिका खेल्न सकिन्छ भन्नेबारेमा परामर्श भएको बताए । कोटेश्वरको छलफललगत्तै अध्यक्ष दाहाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए । उनीहरूबीच करिब एक घण्टा भएको छलफल भनाभनमै सकिएको अध्यक्षद्वय निकटस्थहरूको भनाइ छ । दाहाल आज दुइटा विषय बोकेर आउनुभएको थियो । पहिलो, जनताको बहुदलीय जनवादको छलफल किन चलाउनुभयो भनेर सोध्नुभयो । दोस्रो, पार्टीको बैठक बोलाइहालौं भन्नुभयो,’ ओलीनिकट एक नेताले भने । ती नेताका अनुसार अध्यक्षद्वयबीच सहमति नबनी पार्टीको बैठक बोलाउन खोजेर दाहालले फेरि भाँडभैलो गर्न खोजेको ओलीको भनाइ थियो । दाहालले भने दुई अध्यक्षबीच मात्रै छलफल गरेर कुनै निचोड नआउने भन्दै बैठक नै बोलाउन जोड दिएका थिए ।

‘तपाईंले अर्को पार्टीको अभ्यास सुरु गरिसक्नुभएको छ, हिजो प्रदेश १ को भेला गरेर जबज पक्षधर एक हुनुपर्छ भन्नुभयो । तपाईंको राजीनामा कतैबाट मागिएको छैन, मागे भनेर हल्ला गर्नुभएको छ,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘पार्टीमा गम्भीर छलफल गर्नैपर्छ, बैठक बोलाऔं । जवाफमा ओलीले आफूलाई ठीक लागेकै कुरा गरेकाले अहिले बैठक बाहेकका विषयमा कुरा गर्न भनेका थिए । ‘मैले जे जे काम गर्नुपर्ने हो त्यही गरेको छु, हामीबीचमा मात्रै छलफल र सहमति हुन्छ भने हुन्छ नत्र जसले जे सक्छ त्यही गरे भइहाल्यो,’ ओलीले दाहालसँग भनेका थिए, ‘मेरावि’रुद्धमा अविश्वासको प्रस्ताव ल्याउन का’नुनविद्सँग छलफल गर्नुभएकै छ, हस्ताक्षर चलाउनुभएकै छ ।’दाहालले पनि ओलीलाई छुट्टाछुट्टै भेला आयोजना गरेर फरक पार्टीको अभ्यास थालेको बताएका थिए ।

त्यसपछि ओलीले आफूहरूबीच पार्टी एकताको सम्बन्ध भएकाले गुटका भेला रोक्न दाहाललाई भनेका थिए । ‘तपाईंले जथाभावी नगर्नुस्, पहिले गुटका भेलाहरू रोक्नुस् अनि पार्टी एकताको काममा लाग्नुस्,’ ओलीले दाहाललाई जवाफ दिएका थिए, ‘तपाईंले ध्यान नदिँदा पार्टी एकताको काम लथालिंग भएको छ । त्यसपछि दाहाल बालुवाटारबाट निस्किएका थिए । ओलीसँग भेटेर फर्किएपछि अध्यक्ष दाहालले आफूनिकट नेताहरूलाई भेटबारे ब्रिफिङ गरेका थिए । ओलीसँग एक्लाएक्लै छलफल गर्दा कुरै नमिल्ने र दिमागमात्रै खराब हुने उनको प्रतिक्रिया थियो । कत्ति पनि सहमति नभएको उल्लेख गर्दै उनले अब झन् सं’कट निम्तिन सक्ने बताएका थिए । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सुरु भएको अध्यक्षद्वयको किचलो पछिल्लो समय जनताको बहुदलीय जनवादलाई पार्टी कार्यक्रम बनाउनुपर्ने भन्दै ओलीले दिएको अभिव्यक्तिसम्म पुगेको छ ।

सुरुमा कुन मन्त्री राख्ने र कसलाई हटाउने भन्नेमा दुई अध्यक्षबीच कुरा मिलेन, त्यसपछि कर्णाली प्रदेशको विवाद र भारतीय गुप्तचर संस्था र’अ प्रमुख सामन्त गोयललाई प्रधानमन्त्रीले भेटेको विषयमा उनीहरूबीच मतभेद भयो । पछिल्लो समय ओलीको राजीनामा, पार्टी विभाजन र जनताको बहुदलीय जनवादको विषय नयाँ विवादका रूपमा थपिएका छन् । गएको असार १४ गते मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा ओलीले आफूलाई प्रधानमन्त्रीबाट ह’टाउन भारत लागिपरेको र त्यसमा पार्टीभित्रकै नेताहरूले साथ दिइरहेको बताएपछि पार्टीमा एकाएक उनको रा’जीनामा मा’गिएको थियो । गत भदौ २६ गते प्रतिनिधिसभाको यो कार्यकालभरि सरकारको नेतृत्व ओलीले नै गर्ने निर्णय नेकपाले गरेको थियो ।

तर डेढ महिना नपुग्दै ओलीले फेरि आफ्नो रा’जीनामा मागिएको र अहिले रा’जीनामा दिए देश बर्बादीतिर जाने बताएपछि दाहालले त्यो विषयमा पनि बिहीबारको भेटमा सोधेका थिए ।तर ओलीले आफ्ना निकटस्थहरूलाई बताएअनुसार दाहालले गत १५ गतेको भेटमा ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट रा’जीनामा दिन र आफूलाई एकल अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए । ओली पक्षधर नेताहरूले दाहाल र नेपालले सरकारवि’रुद्ध अविश्वास प्रस्ताव ल्याउन लागेको बताएका छन् । उहाँहरू आफूले पनि काम नगर्ने अरूलाई पनि गर्न नदिने पक्षमा हुनुहुन्छ,’ ओलीनिकट एक नेताले भने, ‘सरकारवि’रुद्ध अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर अभियान नै चलाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्