Logo

मध्यरातको १२ बजे भारतीय रअ प्रमुखले नेपाल सरकारसँग भेट गर्नु आपत्तिजनक रहेको विश्वभक्त होमबहादुर काकीको भनाई


कलाखबर संवाददाता, ,१७,कात्तिक–काठमाण्डौं । विश्वभक्त होमबहादुर कार्कीले देशलाई विदेशीको रणभूमि र स्वार्थ केन्द्रहरुको मैदान बनाउन नहुने स्पष्ट पारेका छन् । आज अपरान्ह रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर कार्कीले यस्तो धारणा राखेका हुन् । उनले भारतीय गुप्तचर रअका प्रमुखको हालै भएको नेपाल भ्रमणको विषयमा पनि सरकारको भूमिकालाई लिएर प्रश्न गरेका छन् ।

देशको अहिलेको शासक वर्गहरुले देशलाई विकासको बाटोमा भन्दापनि दुर्घटनातर्फ लैजाने दुष्प्रयास गरेको पनि उनको आरोप छ । मध्यरातको १२ बजे रअ प्रमुखले नेपालको प्रधानमन्त्रीलाई भेटनु कुनै षयन्त्र हुन सक्ने कार्कीले बताएका छन् । स्वर्ग जस्तो हाम्रो देशलाई जानीजानी सरकारले रणभूमी बनाउन खोजेको पनि उनले आरोप लगाएका छन् ।

पशुपतिको पूजारीलाई सरकारले जेलमा कोच्नु लज्जास्पद भएको पनि उहाले बताउनु भयो । कलापानी,लिपुलेख जस्तो हाम्रो देशलाई सरकारले बेचेर सेनाको तलब दिएको भन्दै काकी गर्जिएका थिए । साथै उनले सरकारबाट गरिब जनता चुसिएको पनि बताए ।

सरकारले सक्छौं भने अगाडीबाट आएर गोली हान्न समेत चुनौती दिए । भ्रष्टचारीलाई कुनै कार्बाही गर्न नसक्ने अख्तियार आफै घुसखोरी र भ्रष्टचारी भएको समेत आरोप लगाए । बाँकी कुरा पुरा भिडियोमा हेर्नुस् ।

प्रतिक्रिया दिनुहोस्