Logo

शेयर बजार निरन्तर ओरालो लाग्दै


कलाखबर संवाददाता,१७,कात्तिक–काठमाण्डौं । शेयर बजारमा सामान्य गिरावट आएको छ। सोमबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० सूचक ३।३३ अंकले घटेर १६३७।६३ अंकमा झरेको छ।

शेयर बजार खुलेको पहिलो दिन उच्च अंकले बढेपनि त्यसपछि भने लगातार बजार ओरालो लागिरहेको छ। बजारबाट नाफा उठाउन शेयर बिक्री गर्ने बढेपछि बजार घट्न थालेको हो। सोमबार बजार सूचकसँगै कारोबार रकम पनि घटेको छ।

बुधबार १९७ कम्पनीका ६९ लाख कित्ता शेयर किनबेचबाट २ अर्व ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। सोमबार बैंकिङ, विकास बैंक, जीवन बीमा र अन्य समूहगत परिसूचक सामान्य घटेपनि अन्य समूहगत परिसुचक बढेका छन्।

सबैभन्दा बढि लघुवित्त समूह ६२।३ अंकले बढेको छ। यसैगरी व्यापार समूह ३४।५२, निर्जीवन बीमा २७।२५, होटल ९।३३, फाइनान्स ३।९६ र उत्पानमूलक समूह ३।८८ अंकले बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्