Logo

प्रचण्ड र ओलीबीच भेटवार्ता,प्रचण्डले कठोर निर्णय लिएपछि वार्ता असफल


कलाखबर संवाददाता,१५,कात्तिक–काठमाण्डौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । १२ दिनपछि आज भएको करिब एक घण्टा लामो भेटवार्तामा अध्यक्षद्धयबीच पछिल्लो विवाद समाधानबारे ठोस सहमति नभएको स्रोतले जनाएको छ ।

मन्त्रिमण्डल पूनर्गठनदेखि पर्सामा कार्यकर्ता हत्यासम्मको विषयलाई लिएर दाहाल असन्तुष्ट बनेका छन् । आजको छलफलमा दाहालले पार्टीका अन्य नेताहरुको माग बमोजिम तत्काल सचिवालय बैठक बस्नुपर्ने प्रस्ताव राखेका थिए । तर, सचिवालय बैठक कहिले बस्ने रु भन्नेबारे अहिलेसम्म कुनै टुँगो छैन् ।

ओली भेट्न बालुवाटार जानुपुर्व दाहालसँग वरिष्ठ नेता माधव कुमार नेपालले भेटवार्ता गरेका थिए । पछिल्लो समय नेकपामा अध्यक्ष दाहाल र नेता नेपाल एक ठाउँमा उभिएका छन् ।

यसअघि ओलीले पटक पटक भेट्न बोलाउँदापनि दाहालले ओलीको प्रस्तावलाई अस्विकार गर्दै आएका थिए । ओलीले आफूनिकट नेताहरु विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीलाई दाहाललाई भेट्न पठाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्