Logo

टिकाको शुभ साइत बिहान १० बजेर १९ मिनेटमा हुने


कलाखबर संवाददाता,१० कात्तिक–काठमाण्डौं । यो बर्षको दशैको टिकाको शुभ साइत सोमबार विहान १० बजेर १९ मिनेटमा उत्तम रहने भएको छ । बडादशैंको टीकाको शुभ साइत भोली बिहान १०:१९ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार बडादशैँको टीकाको शुभ साइत सोमबार बिहान १०: १९ बजे उत्तम मानिएको छ । यसैगरी देवी विसर्जनको साइत बिहान १०: ११ बजे रहेको छ । यो बर्षको दशैमा प्रधानमन्त्री र राष्ट्रपतिले भ्याईपी टिका नचलाउने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्