Logo

राष्ट्रिय सुरक्षा परिषदको बैठक सम्पन्न


कलाखबर संवाददाता,५ असोज–काठमाण्डौं । राष्ट्रिय सुरक्षा परिषदको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा प्रधानमन्त्री एवं सुरक्षा परिषदको अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसेको हो।

बैठकमा देशको आन्तरिक तथा बाह्य सुरक्षाको स्थितिबारे छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो। परिषद्मा प्रधानमन्त्रीसँगै रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधान सेनापति सदस्य रहने संवैधानिक व्यवस्था छ।

 

प्रतिक्रिया दिनुहोस्