नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या १ लाख नाघ्याे

कलाखबर संवाददाता,२३ असोज -नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख नाघेकाे छ । शुक्रबार दुई हजार ५९ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितकाे कुल सङ्ख्या एक लाख ६ सय ७६ पुगेकाे छ ।
पछिल्लाे २४ घण्टामा १३ हजार नाै सय ७९ जनाकाे नमुना परीक्षण गरिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा एक हजार ६ सय ८० जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ७३ हजार २३ पुगेको छ ।
अब नेपालमा २७ हजार ५३ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार सात सय तीन जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।