Logo

प्रहरी पोशाकको दुरुपयोग गरे कारबाही हुने


कलाखबर संवाददाता,२३ असोज –  प्रहरी प्रधान कार्यालयले पोशाकको दुरुपयोग नगर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ ।

कार्यालयले विभिन्न चलचित्र, टेलिचलचित्र, साङ्गीतिक श्रव्यदृश्य, टिकटकलगायत टेलिभिजन तथा स्टेज कार्यक्रममा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकको दुरुपयोग भइरहेकोतर्फ ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले विज्ञप्ति निकालेर प्रहरी पोशाकको प्रयोग गर्नुअघि प्रहरी प्रधान कार्यालयको जनसम्पर्क तथा प्रचारप्रसार इकाईमा पोशाकको प्रयोग गर्नुको प्रयोजन खुलाएर स्वीकृति लिनुपर्ने प्रावधानबारे सूचित गरेको छ ।

विज्ञप्तिमा स्वीकृति नलिइ कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक र पोशाकमा प्रयोग हुने दर्ज्यानी चिह्न र मोनोग्राम प्रयोग नगर्न उल्लेख छ । यस किसिमका कुनै पनि कार्य भए/गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कठायतले चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्