Logo

प्रधानमन्त्रीका तीन सल्लाहकार काेराेना सङ्क्रमणमुक्त


कलाखबर संवाददाता,२३ असोज–प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ ।

उहाँहरुको बिहीबार पीसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँहरु सबैलाई गएकाे असोज १७ गते सङ्क्रमण भएको थियो ।

सल्लाहकार थापाका अनुसार उहाँहरुका परिवारका सदस्यको कन्ट्याक्ट ट्रेसिङ परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्