Logo

लकडाउन पछि खुलेको तातोपानी नाका फेरि एक दिनमै बन्द


कलाखबर संवाददाता,२० असोज–काठमाण्डौं । तीन महिनापछि खुलेको तातोपानी नाका एक दिनमै फेरि ब’न्द भएको छ । आइतबार सामग्री लोड, अनलोड गरेर सोमबार सामग्री नेपाल भित्रिएपछि नाका फेरि ब’न्द भएको हो ।भन्सार सामाग्री लोडअनलोड गर्ने मजदुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नाका ब’न्द छ । कोरोना पुष्टि भएपछि चीनले एकतर्फी रुपमा आयात ब’न्द गरेको हो । तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत रमचन्द्र ढकालका अनुसार नाका खुल्दा भित्रिएका १२ कन्टेनरका सामग्रीको भन्सार भएको छैन । ती सामग्रीको डकुमेन्ट मिल्ने क्रम बाँकी छ । चीन बाट आएका अन्य थप सामग्री मितेरी पुन पारी नै भूईंमा थ’न्काइएको छ ।

लोड अनलोड गर्नेृलाई कोरोना पुष्टि भएकै कारण उक्त सामग्री भुईंमै अ’लपत्र छाडिएको हो ।नेपालमा परीक्षण गर्दा तीनैजना मजदुरको कोरोना रिपोर्ट निगेटिभ आएको थियो । तर, चीनतर्फ परीक्षण गर्दा पोजेटिभ देखिएपछि चीनले एकतर्फी रुपमा आयात ब’न्द गरेको हो । खासा र न्यालममा अड्किएका डेढ सय कन्टेनर सामान दसैंअघि काठमाडौं पु¥याउने योजना मुताविक दुवै देशको सहमतिमा नाका खुलेको हो ।

सीमाबाट कोरोना फैलन सक्ने भन्दै जाङ्मु प्रशासनले चीनतर्फ मितेरीपुलमा ल्याइएको सामान अर्को निर्णय नभएसम्म नेपालतर्फ नपठाउने भएको छ गएको असार २५ गते बाह्रविसेदेखि तातोपानीसम्मका सडक खण्ड क’टान गर्ने गरि आएको बाढी पहिरोपछि बन्द रहेको तातोपानी नाका फेरि सञ्चालनमा ल्याइएको थियो । भोटेकोसी नदिमा आएका बाढी र पहिरोले क्ष’तिग्रस्त भएको सडक निर्माण भएपनि तिब्बतको ‘क्यानोन कु’ ताल फु’ट्न सक्ने सम्भावना रहेकै कारण ब’न्द रहेको यो नाका सोमबारबाट खुलेको हो ।

तर, एक दिनमै फेरि नाका ब’न्द हुँदा व्यवसायी मर्कामा परेका छन् ।गएको असोज १३ गते सिन्धुपाल्चोकका उच्च सु’रक्षा अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका सुचारु गर्ने सहमति भएपछि नेपाल चीनबीचको प्रमुख भन्सार नाका खुलाइएको थियो । कोरोना संक्रमण फै’लन सक्ने भएकोले दुवैतर्फबाट सजगता अपनाउने विषयमा छलफल जारी रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । चीनतर्फ कोरोना परीक्षण गर्दा तीन मजदुरको रिपोर्ट पोजेटिभ आएको भन्दै आयात मोडालिटी परिवर्तन गर्नुपर्ने जानकारी आएको उनले बताए ।

नजिकिँदो दसैं प्रभावित नहोस् भनेर चिनिया अधिकारीसँग आयातको नयाँ मोडालिटीबारे छलफल जारी रहेको सिडिओ ढकालले जानकारी दिए । सुख्खा बन्दरगाह लार्चास्थित तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले नयाँ मोडालिटीबारे छलफल भइरहेको बताए । तातोपानी भन्सारमा लोडअनलोड गर्ने ३६ मजदुरको पिसिआर परीक्षण गराउँदा नेपालको ल्याबले तीनजनाको पोजेटिभ देखाएको थियो । परीक्षण सर्टिफिकेट बोकेर लो’डअनलोड गरिरहेका ३३ मजदुरको चिनियाँ क्षेत्रमा पिसिआर परीक्षण गर्दा तीन जनाको पोजेटिभ देखियो ।

यसैलाई आधार मानेर चिनियाँ अधिकारीले आयातमा कडाइ गर्ने संकेत गरेका छन् ।नेपालमा नेगेटिभ रिपोर्ट आएको दुई दिनपछि खासा क्षेत्रमा परीक्षण गर्दा तीनजनामा पोजेटिभ आएकोले आयात प्रभावित भएको खत्रीले बताए । तर, नाकालाई सुचारु राख्न ग’म्भिर रुपमा पहल भइरहेको उनले बताए । पिसिआर मेसिन र डाक्टरको टि’म आउँदो हप्ता तातोपानी भन्सार आएपछि मजदुरको कोरोना परीक्षण नियमित गर्ने खत्रीले बताए । खासाबाट चिनिया ड्राइभरले सिधै नेपालतिरको भन्सार या’र्डमा ल्याएर सामान खसाल्ने मोडालिटीमा छलफल भइरहेको उनले बताए ।

हालसम्म १२ कन्टेनर सामान नेपाल भित्रिएका छन् । २०७२ को विनासकारी भूकम्पले क्षतिग्रस्त भएपछि तातोेपानी नाका ब’न्द भएको थियो । २०७६ सालमा भूकम्पको चार वर्षपछि जेठमा खुलेपनि फागुनमै फेरि ब’न्द भएको थियो । चीनमा देखिएको कोभिड–१९ का कारण नाका ब’न्द गरिएको हो । पछि नेपालमा स्वास्थ्य सामग्री अत्यावश्यक भएपछि केही समय नाका खुलाएर सामग्री ल्याइए पनि पुनः ब’न्द गरिएको हो ।

तातोपानीबाट सबै खाले सामग्री ल्याइने निर्णय गरेसँगै खुलेको नाका पछिल्लो पटक असार २४ गते अरनिको राजमार्गस्थित बाह्रविसे नगरपालिकाको जम्बु, खा’गदल र भोटेकोसीमा बा’ढी आएर सडक क्ष’तिग्रस्त भएपछि असार २५ बाट नाका ब’न्द थियो ।खासामा मात्रै नेपाली व्यवसायीका करिब ८ सय क’न्टेनर सामग्री रो’किएका छन् । ती सामान न्यालाम, सि’गात्से र खासाका गो’दाममा छन् ।नाका खुलेसँगै ती सामग्रीसमेत क्रमैसँग ल्याइनेछ ।

 

प्रतिक्रिया दिनुहोस्