Logo

मन्त्रीपरिषद पूर्नगठनको बिषयमा छलफल गर्न नेकपाको बैठक बस्दै


कलाखबर संवाददाता,२० असोज–काठमाण्डौं । मन्त्रीपरिषद पूर्नगठनको बिषयमा छलफल गन सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्दैछ। मंगलबार अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकताको बाँकी काम तथा मन्त्रिपरिषद पूर्नगठनको विषयमा छलफल हुने बताइएको छ।

बैठकमा सरकारले गरेको राजनीतिक नियुक्तीलगायतका विषयमा छलफल हुने बताइएको छ। सरकारले मुख्य सचिवमा शंकरदास बैरागी र विभिन्न मुलुकमा राजदूत नियुक्ती गर्दा सरकारसँग सल्लाह नगरेको भन्दै माधव नेपाल समूहले असन्तुष्टि जनाउँदै आएको छ।

प्रधानमन्त्री ओलीले केही समय अघी नै मन्त्रीमण्डल पूर्नगठन गर्ने भनिए पनि प्रचण्डसँग केही कुरा नमिले पछि अहिले सम्म पनि केही गर्न सकेको छैन । यस बिषयमा ठोस निष्र्कष र निर्णयमा पुग्न आजको बैठकमा छलफल गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्