एउटी नायीकाको निधन तर अर्कै नयीकालाई श्र्रद्धाञ्जली दिएपछि….

कलाखबर संवाददाता,१९ असोज –काठमाण्डौं । बलिउड अभिनेत्री मिष्टी मुखर्जीको निधन भएको छ । मृगौला फेल भएका कारण शुक्रबार अबेर राती उनको बैंगलोरमा निधन भएको हो । बताइएअनुसार कीटो डाइट लिएका कारण उनको स्वास्थ्य बिग्रिएको हो ।
तर, मिष्टी मुखर्जीको निधन हुँदा अर्की अभिनेत्री मिष्टी चक्रवर्तीले तनाव झेल्नु परेको छ । एउटै नाम भएका कारण फ्यानहरु झुक्किएर मिष्टी चक्रवर्तीलाई सामाजिक संजालमा श्रद्धाञ्जली दिन थालेपछि उनले सफाइ दिनुपरेको छ ।
उनले इन्स्टाग्राममा पोस्ट गर्दै आफू पूर्ण रुपमा स्वस्थ रहेको बताएकी छिन् । उनले लेखेकी छिन् ‘केही मिडिया रिपोर्टका कारण आज मेरो मृत्यु भयो तर भगवानको कृपाले म स्वस्थ छु र मलाई अझै धेरै अगाडिसम्म जानु छ ।