विवाहको आश्वासन दिएर यौन प्यास मेटाए पछि ज्यान मार्ने धम्की

कलाखबर संवाददाता,१९ असोज –काठमाण्डौं । सुनसरीको इटहरी उपमहानगरपालिका(२ तालतलैया पार्कको जङ्गलमा लगेर बलात्कार गरि ज्यान मार्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङको ग्राम थान गाउँपालिका (१ लखनतरी बस्ने ३० वर्षीय विकाशकुमार खाँ रहेका छन्।
खाँले २२ वर्षीया एक युवतीलाई विवाह गर्ने आश्वासन दिएर यौन सम्पर्क राखेको र त्यसपछि विष खुवाएर मार्ने प्रयास गरेको प्रहरीको दाबी छ। घटना गत फागुन २२ गतेको थियो।
त्यसपछि खाँ फरार थिए। सुनसरी प्रहरी प्रमुख कमल थापाले आरोपी खाँलाई अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए।