Logo

हिमालयन एयरलाइन्सलाई ह्याण्डलिङको अधिकार दिदा नेपाल एयरलाइन्सको टाउको दुखाई


कलाखबर संवाददाता,१९ असोज –काठमाण्डौं । हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अधिकार दिने निर्णयपछि यसले नेपालको उड्डयन सेवा क्षेत्रमा तरङ्ग देखिएको छ। नागरिक उड्ड्यन प्राधिकरणले नेपाली एयरलाइन्सको हकमा नेपाल एयरलाइन्सको एकाधिकार तोड्दै हिमालयन एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अधिकार दिएको थियो।

आफ्नो आय स्रोतको एक हिस्सा गुम्ने भन्दै राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको असन्तुष्टी जनाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणसँग वास्तविकताबारे प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। तत्काललाई उक्त निर्णय कार्यान्वयन नगर्न भनिएको छ। सेल्फ ग्राउन्ड ह्यान्डलिङको अधिकार दिने अधिकार प्राधिकरणलाई छ, कानुनतस्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फ थाई एयर र एयर इन्डियाले मात्र सेल्फ ग्राउन्ड ह्यान्डलिङको अधिकार पाएका छन्। अन्य सबै एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङको व्यवस्थापन नेपाल एयरलाइन्सले गर्छ ।

आफूबाहेक अन्यको गरिने ग्राउन्ड ह्यान्डलिङलाई कमर्सियल ग्राउन्ड ह्यान्डलिङ भनिन्छ। नेपाल एयरलाइन्सले सेल्फ ग्राउन्ड ह्यान्डलिङ पनि गर्छ। ग्राउन्ड ह्यान्डलिङ गरेबापत नेपाल एयरलाइन्सले वार्षिकरुपमा ठूलो रकम आम्दानी गर्छ।

प्रतिक्रिया दिनुहोस्