Logo

प्रियंका गान्धीमाथि भएको दुव्र्यवहार बारे प्रहरीले छानबिन गर्ने


 

कलाखबर संवाददाता,१९ असोज –काठमाण्डौं । बलात्कारपछि हत्या भएकी किशोरीका परिवारलाई भेट्न हाथरस जाने क्रममा कांग्रेस महासचिव प्रियंका गान्धीमाथि भएको दुर्व्यवहारबारे प्रहरी कार्यालयले अनुसन्धान गर्ने भएको छ। नोएडा प्रहरीले यस प्रकरणमा थप अनुसन्धानको आदेश दिँदै कुनै सक्षम महिला अधिकारीको नेतृत्वमा छानबिन हुने बताएको हो।

केही दिनअघि हाथरस गइरहेका राहुल गान्धी र प्रियंका गान्धीलाई रोक्नका लागि डिएनडीमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो । यस क्रममा प्रहरीले लाठीचार्ज समेत गरेको थियो। यो घटनाको एक तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ जसमा एक प्रहरीले प्रियंका गान्धीले लगाएको कुर्ता समातेका छन्।

यसबारे छानबिन हुने प्रहरीले जनाएको हो । हाथरसमा बलात्कारपछि हत्या भएकी बालिकाको शव प्रहरीले मध्यरातमा जलाएर घटनालाई ढाकछोप गरेको आरोपमा प्रदर्शनहरु भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्