डा.गोविन्द केसीलाई भेटन् पुगिन नायीका ऋचा शर्मा

कलाखबर संवाददाता,१८ असोज –काठमाण्डौं । यतिखेर डा.गोविन्दको सर्मथकहरु सडकमा उर्लिएका छन् । यही क्रममा आईतबार नायीका ऋचा शर्मा पनि डा. केसीलाई भेटन् टिचिङ हस्पिटल पुगेका छन् ।
अहिले डा. केसीलाई शिक्षण अस्पतालको आकस्मिक विभागको कक्षमा राखिएका छन् । उनको सम्पूर्ण मागलाई सरकारले सम्बोधन गर्नुपर्छ भनेर विभिन्न आवाज उठीरहेको बेला नायी ऋचा आईतार उहाँलाई भेटन पुगेकी हुन् ।
अभिनेत्री शर्मा डा। केसीको प्रयत्नलाई समर्थन गर्न अस्पताल पुगिन्। कोरोना महामारीको कारणले छुट्टै बसेका केसीलाई हेरिन्, परिवारलाई भेटिन्। समर्थनमा हस्ताक्षर गरिन् र हातमा प्लेकार्ड बोकिन्।
प्ले कार्डमा लेखिएको थियो, ‘आइएम विथ डा. केसी स्वास्थ्य क्षेत्रको सुधारका लागि उनका केही मागहरु छन्, यही मागसहित उनी १९औँ पटक अनसन सुरु गरे।
जुम्लाबाट सुरु भएको उनको यो सत्याग्रह राष्ट्रिय ट्रमा सेन्टर हुँदै अहिले त्रिवि शिक्षण अस्पताल पुगेको छ। उनको माग पूरा गर्नको लागि दबाब दिनेको जमात भने बिस्तारै माइतीघरबाट देशका विभिन्न ठाउँमा पुग्दैछ।