Logo

आज डा.गोविन्द के.सी.को सर्मथनमा देशभर आन्दोलन चिर्किदै,सरकारले माग पुरा नगरे बालुवाटार र सिंहदरबार हल्लाउने चेतावनी सहित भिडियोमा हेर्नुस्


कलाखबर संवाददाता,१७ असोज–काठमाण्डौं । देशभर ठूलो रुपमा आज आन्दोलन गरिने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै हाम्रो नेपाल हामी नेपाली अभियानका अध्यक्ष ज्ञानेन्द्र शाहीले डा.गोविन्द के.सी.को सर्मथनमा देशभर आन्दोलन चर्काउने बताएका हुन् । यस पालीको आन्दोलन अरु बेलाको जस्तो नभएर अत्याधिक जनताको सर्मथन सहित रहने उनले बताए ।

यो पालीको आन्दोलनमा प्रहरीले यदि धरपड गर्न खोजेमा त्यसको ठूलो मूल्य पनि प्रहरीले चुकाउनु पर्ने शाहीको भनाई थियो । देशका प्रमुख शहरहरुबाट सबै ठाउँमा जनमोर्चा सहितको ठूलो रुपमा आन्दोलनको स्वरुप तयार भएको पनि उहाले बताउनु भयो । सबै जिल्लामा अभियनकर्ताहरुको अगुवाईमा आन्दोलन हुन लागेको जानकारी गराउदै आफूले सजिलो हुने ठाउँबाट साथ दिन पनि सबै जनतासँग आग्रह गरे ।

ओली र प्रचण्डले मनपरी तन्त्रबाट शासन चलाएकोले जनताले दु :ख पाएको शाहीले बताए । नेकपाको नाम नेपाल कम्यूनिष्ट पार्टी नभएर कमाउनिष्ट पार्टी र लोकतन्त्र नभएर लुटतन्त्र भएको र यो सरकार नेपाल सरकार नभएर केपी ओली प्रचण्ड प्राईभेट लिमिटेड भएको शाहीले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्