Logo

गायीका मेलिना राई र निनाम हाङ राईको काली वनमा गीत विमोचन


कलाखबर संवाददाता,१७ असोज–काठमाण्डौं । गायीका मेलिना राई र निनाम हाङ राईको काली वनमा गीतको विमोचन गरिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका बीचमा गीत तथा संगीतकर्मी भुपाल राईको अध्यक्षतामा सो गीतको विमोचन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुपाल राईले गीत समय सान्दर्भिक र युवावर्ग लक्षित भएको बताए । साथै राईले गायक गायीकाको प्रसंशा गर्दै आगामी दिनको लागी शुभकामना समेत दिनु भयो ।

फलैचा रेष्टुरेण्ड गोपीकृष्ण चावहिलमा आयोजित सो कार्यक्रममा अतिथिको रुपमा बम बहादुर वानीया, फलन्देको आमा लगायत अन्य कलाकारहरुको पनि उपस्थिति रहेका थिए । साहित्यकार तथा रचकार समेत रहेका वानीयाले अनावरत रुपमा युटयूबले कलाकारहरुले सृजना र श्र्रम माथी शोषण गरि रहेको बताए । यसबाट कालाकार तथा सर्जकहरु सजक रहनु पर्ने पनि उहाँको भनाई थियो ।

नर बहादुर भण्डारीको शब्द रचना रहेको गीतमा चर्चित संगीतकार सन्तोष दुमी राईले संगीतबद्ध गरेका हुन् । मीठो शब्द रचनाले शृङगार गरिएको गीतमा आपसी युगल जोडी बीचको प्रगाद माया प्रेम प्रस्तुत गरिएको शब्द रचनाकार नर बहादुर भण्डारीले बताए । बर्तमान समयको जनपक्षीय चाहाना अनुसर गीत राम्रो र समय सान्दर्भीक भएकोले यो गीतबाट राम्रो आशा गरिएको गायक निनाम हाङ राईले बताए ।

सदावहार प्रकृतिको सुन्दर छहारीभित्र छायाँकन गरिएको गीतको भिडियो पनि बजारमा आएको छ । भिडियोमा गायक निनाम हाङ राई र मोडल निम्मा श्रेष्ठले रोचक अभिनय गरेका छन् । प्रकाश धितालको निर्देशन रहेको भिडियोलाई बुद्ध थापाले छाँयाकन गरेका हुन् । बिकास थापाको सम्पादन रहेको गीतको भिडियो ओ.एस.आर डिजिटल च्यानलबाट सार्बजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्