राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि
कलाखबर संवाददाता,१५,असोज–काठमाण्डौं। राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार आएको रिपोर्टमा ज्ञवालीलाई संक्रमण भएको हो ।
आफूलाई संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ज्ञवालीले तीन दिनदेखि होम आइसोलेसनमा बसिरहेको जनाएका छन्। उनको गत सोमबार स्वाब संकलन गरिएको थियो।