Logo

सुनको मूल्यमा सामान्य गिरावट


कलाखबर संवाददाता,१५,असोज–काठमाण्डौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।

यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी ११७५ रुपैयाँमा कारोबार भएको हो ।

केही समय अगाडी निकै उकालो लागेको सुनको भाउ अहिले गिरावट हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्