Logo

रानीपोखरीको निर्माण कार्य अन्तिम चरणमा,विधिवत रुपमा गजुर राखियो


कलाखबर संवाददाता,१५,असोज–काठमाण्डौं । रानीपोखरीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बिहिबार विधिवत रुपमा गजुर राखिएको छ । पुनर्निर्माण सम्पन्न भएको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा अहिले नयाँ स्वरुप देखिएको छ ।

२०७२ वैशाखमा गएको भूकम्पले क्षति गरेको रानीपोखरी तथा त्यहाँ रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण सम्पन्न भएको हो । मन्दिरमा बिहीबार विधिवत रुपमा गजुर राखिएको हो । रानीपोखरीको ९५ प्रतिशत काम सम्पन्न भएको छ ।

हालै पोखरीमा तीन करोड २२ लाख लितर पानी भरिएको छ । विगत पाँच वर्ष बालगोपालेश्वर मन्दिर बन्द रह्यो । यो वर्ष भने तिहारमा बालगोपालेश्वर मन्दिरमा पूजा हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्