प्याजको कृतिम अभाव देखाएर उपभोक्ता ठक्ने व्यापारीलाई १२ लाख जरिवाना असुली
कलाखबर संवाददाता,१५,असोज–काठमाण्डौं । काठमाडौं महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट ज’रिवानास्वरुप रु १२ लाख ८७ हजार अ’सुल उ’पर गरेको छ ।कामपाले तरकारी, फलफूल र खाद्य गरी १२३ वटा पसलमा अ’नुगमन गरेको थियो ।
यसरी गरिएको अनुगमनका क्रममा मूल्य र गुणस्तरमा उपभोक्तालाई ठ’गी गर्ने कालीमाटी तरकारी तथा फुलफूल बजारका २ र बल्खु तरकारी तथा फलफूल बजारका २ गरी ४ जना व्यापारीलाई का’लोबजारीको कसुरमा जिल्ला प्रशासन कार्यालयमार्फत का’रवाही अघि बढाइएको छ ।
उनीहरुले रु ४६ मा खरिद गरेको प्याजको कृतिम अ’भाव सृजना गरेर १३० मूल्यमा बेचिरहेको थिए । उनीहरुबाट ब’रामद भएको १३ हजार २६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सबै खर्च क’टाएर अधिकतम रु ६० प्रतिकिलाको दरले प्रतिव्यक्ति ३ किलोका दरले बिक्री प्र’बन्ध गरिएको छ ।
अनुगमन टोलीले बिक्रीका लागि राखिएका अखाद्य सामग्री बिक्री गरिरहेको अवस्थामा ११ वटा पसलबाट करीब रु १० लाख मूल्य बराबरका सामान ब’रामदपछि न’ष्ट गरिएको छ ।यसरी न’ष्ट गरिएका सामानमा दाल मैदा, खाने तेल, बट्टा वा प्याकेटमा राखिएका खानेकुरा, चकलेट, मिठाइ, बिस्कुट, मसला, फलफूल, जुस, चाउचाउ, चाउमिन, पानीलगायत खानेकुरा तथा पे’य पदार्थ छन् ।
खुद्रा व्यापार गर्ने ७६ वटा पसललार्ई ७ दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिइएको छ । बाँकी पसललाई सुधारका लागि स’चेत गराइएको छ । उपभोक्ता अधिकारका लागि नेपालको संविधानको अ’नुसूची ८ ले र स्थानीय सरकार सञ्चालन ऐ’न, २०७४ ले दिएको अधिकार प्रयोग गरेर महानगरले नि’यमित तरकारी, फलफूल र माछामासुको अ’नुगमन गर्नुपर्ने छ ।
कामपाको उपप्रमुख एवम् अनुगमन समितिका संयोजक हरिप्रभा खड्गीले कोरोना क’हरका समयमा जनताहरु एकातिर आय श्रोत बि’ग्रिएर चि’न्तित छन् ।अर्कातिर च’र्को मूल्य वृद्धिले समस्यामा परेकाले नियमित अनुगमन गरेको बताउँछिन् ।