बाबुराम दम्पत्तीले डा.गोविन्द केसीलाई भेटे,सरकारको लाचारीपनले आफू लज्जित भएको दम्पत्तीको भनाई

कलाखबर संवाददाता,१४ असोज–काठमाण्डौं । पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई शिक्षण अस्पताल पुगेर १७ दिनदेखि अनशनरत डा। गोविन्द केसीलाई भटेर आफू लज्जित भएको बताएका छन्। बुघबार भट्टराई शिक्षण अस्पताल पुगेर डा। केसीको अनशनप्रति सर्थन जनाउँदै आफू यो अवस्थामा भेट्न आउनुले आफूलाई लज्जित भएको बताएका हुन्।
सर्वसाधारणको हक हितमा माग राख्नेलाई सरकारले यस्तो अवस्थामा पुर्याउनु दुर्भाग्ज्ञपूर्ण रहेको भन्दै आफू पनि लज्जित उनले बताए। उनले भने,‘म बढो लज्जित भएर डा। सावलाई नैतिक समर्थन गर्न मात्रै आएको हुँ। के गर्नुरु भट्टराईले हाल डा। केसीले उठाएका मुद्दाहरु साझा भए पनि राजनीतिक नेतृत्वले यसलाई आफ्नो मुद्दा नठान्नु लज्जाबोध भएको बताउँदै भने,‘सबैको साझा मुद्दा उठाउनु भएको छ, यो त राजनीतिक दलका नेतृत्वले उठाउनुपर्ने हो।
तर तपाइले मात्रै उठाउनु भएको छ। पटक–पटक अनशन पनि तपाइँले मात्रै बस्नुपर्ने भयो। मलाई लज्जाबोध भएको छ। भट्टराईसँगै गएकी उनकी पत्नी हिसिला यमिले पनि डा। केसीले उठाएका माग सबै जनताका साझा रहेको बताएकी छन्। उनले भनिन्,‘तपाइले साच्चिकै महान हुनुहुन्छ, तपाइले एक्लै भए पनि लड्नुभएको छ। आज यतिका दिनसम्म पनि सरकारबाट वार्ताका लागिसमेत पहल नहुनु अत्यन्तै लाजको विषय हो।