बलत्कारको सिकार बनेका निर्मला पन्त र बझाङकी सम्झना वि.क.को लागि न्यायको माग गर्दै मण्डलामा दीप प्रज्वलन

कलाखबर संवाददाता,१४ असोज–काठमाण्डौं । बलत्कारको सिकार बनेका निर्मला पन्त र बझाङकी सम्झना वि.क.को लागि न्यायको माग गर्दै बुधबार मण्डलामा दीप प्रज्वलन गरिएको छ । बत्कारपछि हत्या गरिएका १२ बर्षीय निर्मला पन्तको हत्यारा अहिले सम्म पनि पहिचान गर्न सकिएको छैन भने सम्झना वि.क. को हत्यारालाई प्रहरीले समातेको छ ।
बुधबार साँझ युवाहरुले माइतिघरमा द्वीप प्रज्वलन गर्दै निर्मला र सम्झनाका लागि न्याय माग गरेका हुन्। बझाङको मष्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झनाको असोज ७ गते साँझ बलात्कारपछि हत्या भएको थियो।गोठमा गाईभैँसी बाध्न हिँडेकी सम्झनाको गोठ पुग्न नपाउँदै बीच बाटोमा बलात्कारपछि हत्या भएको थियो।
पोष्टमार्टम रिपोर्टबाट सम्झनाको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो। घटनामा संलग्न भएको आशंकामा राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरेको छ।यस्तै कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो। घटना भएको दुई वर्षभन्दा लामो समय भइसक्दा पनि उक्त घटनामा संलग्न व्यक्तिको अझै पहिचान हुन सकेको छैन।
यी दुवैको हत्यारालाई यथाशीक्र कानुनी बठघरामा ल्याउन माग गर्दै नेपाली काँग्रेस विद्यार्थी संघले प्राय जसो दैनिक रुपमा नै माईतीघर मण्डलामा आवाज उठाउदै आएका छन् ।