Logo

काठमाण्डौं उपत्यकामा दिनानुदिन संक्रमित बढ्दै गएपछि फेरि लकडाउन हुने जनताको आँकल


कलाखबर संवाददाता,१४ असोज–काठमाण्डौं । लामो समयको लगडाउन सरकारले खुकुलो बनाएसँगै काठमाण्डौं उपत्यका लगायत नेपालका विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालको छ । यो भन्दा अगाडी दिनको दुई सयदेखि प्राय चार सयको हाराहारीमा देखिएको संक्रमित अहिले ह्वात्तै बढेर दैनिक रुपमा हजारदेखि उकालो लागेको छ ।

यो अवस्थामा पच्चिस हजार पुग्ने वित्तिकै देश व्यापी रुपमा फेरि लकडाउन गर्न स्वास्थ्य मन्त्रालयले निकालिएको उर्दीबाट यतिखेर आम जनता झस्किएका छन् । यही असोज २४ गतेबाट फेरि लकडाउन हुने हल्लाले आम जनतामा एक किसिमको त्रास छाएको छ । कुनै आधिकारिक रुपमा सूचना जारी नभएपछि आम जनतामा भने फेरि लकडाउन हुने हल्ला छाएको छ ।

आज मात्र नेपालभर थप १५५९ जनामा कोरोना संक्रमित देखिएका छन् । जस मध्यमा ९०२ जना काठमाण्डौं उपत्यकामा मात्रै रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७७ हजार ८ सय १७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हजार ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या ५६ हजार ४ सय २८ पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार २ सय ५ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २० हजार ८ सय ९१ जना संक्रिय संक्रमित रहेका छन् भने ५ हजार ४ सय २८ जना क्वारेन्टिनमा छन्।

 

 

प्रतिक्रिया दिनुहोस्