Logo

बालुवाटार जग्गा प्रकरणका प्रतिबादीहरु धमाधम रिहा हुदै


कलाखबर संवाददाता,१३ असोज–काठमाण्डौं । ललिता निवास जग्गा मुद्दाका प्रतिवादीहरु धमाधम धरौटीमा रिहा हुन थालेका छन्। बालुवाटरको प्रधानमन्त्री निवाससँगै जोडिएको ११३ रोपनीभन्दा बढी सरकारी जग्गाका मिलोमतोमा व्यक्तिको नाममा दर्ता गरी बेचबिखन गरेको अभियोगमा लागेका प्रतिवादीहरु केही दिनयता धमाधम विशेष अदालतमा उपस्थित हुन थालेका छन्।

विशेष अदालतमा सबैभन्दा पहिलो गत चैत २ गते उपस्थित भएका प्रतिवादी मालमोत कार्यालयका तत्कालीन अधिकृत कृष्णप्रसाद पौडेललाई भने धरौटी नमागी पुर्पक्ष थुनामा पठाउने आदेश दिएको थियो। विशेषको आदेशविरुद्ध सर्वोच्च गएका पौडेललाई असार २३ गते जम्मा दुई लाख धरौटीमा रिहा भएका थिए। पछिल्ला दिन विशेष अदालतमा हाजिर भएका प्रतिवादीलाई भने त्यही दिन वयान गराउँदै धमाधम धरौटी रिहा गर्न आदेश दिएको हो।

प्रवक्ता पुष्पराज पाण्डेका अनुसार मंगलबारसम्म पूर्वमन्त्रीसहित २७ जना प्रतिवादीहरु धरौटी बुझाएर रिहा भएका छन्। केहीलाई भने विशेष अदालतले साधारण तोरिखमा पनि छाडेको छ। मंगलबार मालपोत कार्यालयका तत्कालीन मुख्य अधिकृत टीकाराम घिमिरे र गुठी संस्थानका त्रिपुरेश्वरका तत्कालीन मुख्य अधिकृत हरिबोल आचार्य धरौटीमा रिहा भएका छन्।

त्यस्तै सोमबार विशेष अदालतले जग्गा प्रकरणमा मुछिएका तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठलाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस्