नेपाल सुन चाँदी व्यावसायी महासंघ सभापतिमा सन्तोष लामिछाने नियुक्त

कलाखबर संवाददाता,१३ असोज–काठमाण्डौं । नेपाल सुन चाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिको सभापतिमा सन्तोष लामिछाने चयन भएका छन्।
समितिको दोस्रो प्रदेशसभा तथा प्रथम अधिवेशनबाट लामिछानेको नेतृत्वमा निर्विरोध नयाँ नेतृत्व चयन भएको हो। समितिको उपसभापतिमा सुनिल घिमिरे र गणेश सुनार तथा सचिवमा रुपक सुनार चयन भएका छन्।
यस्तै सहसचिवमा शकुन्तला सोव र कोषाध्यक्षमा उमेश सुनुवार तथा सहकोषाध्यक्षमा दिवसजंग स्नेही चयन भएका छन् । यस्तै राजकुमार लामिछाने, गणेश पौडेल र दिनेश सोवलाई कार्यकारिणी सदस्यमा चयन गरिएको छ।