सडकमा गुडिरहेको यातायातले सरकारले बनाएको नियम उलंघन गरेर चर्को रुपमा यात्रु ठगिदै,नियम बनाउने निकाय मौन,यात्रु मारमा

कलाखबर संवाददाता,१२ असोज–काठमाण्डौं । सरकारले करिब ६ महिनापछि गत असोज १ गतेदेखि लामो तथा मध्यम दुरीका सवारी साधन सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। सिट क्षमताको आधा यात्रु मात्र ल्याउनरलैजान र ५० प्रतिशत बढी भाडा यात्रुसँग असुल्न सरकारले निर्णय गरेको थियो । यो निर्णयले यातायात व्यावसायी मात्र पोषिएका छन् भने यात्रु चर्को रुपले मारमा परेका छन् । सडकमा गुडिरहेको यातायातले सरकारले बनाएको नियम उलंघन गरेर चर्को रुपमा यात्रुसँग मनोमानी भाडा असुली रहेका छन् ।
सरकारले सिट क्षमताको आधामात्र यात्रु बोक्नु भनेको छ। त्यो बापत यातायात व्यावसायीले थप ५० प्रतिशत बढी भाडा असुल्नु भनेको थियो । तर त्यो नियमलाई छोटो तथा लामो दुरीमा गुडिरहेका यातायातहरुले मिचि रहेका छन् । अहिले उनीहरुले यात्रु पनि कोचाकोच नै राखेर मनोमानी दोब्बर भागा असुली रहेका छन् । यसरी जताततै यात्रु माथी ठगी भई रहदा नियम बनाउने सम्बन्धित निकाय भने मौन बसेका छन् । अहिलेको अवस्थामा योे यात्रुमाथिको ज्यादति हो।
छोटो दुरीका यातायातले चढ्ने बित्तिकै २० रुपैया ठोकी हाल्छन् । लामो दुरीको गाडी भाडा र प्लेन भाडा उस्ताउस्तै नै भएको एक यात्रुले कलाखबरलाई बताए । यति महँगो भाडा तिर्नुभन्दा लगभग त्यही भाडा दरमा प्लेनले नै यात्रु लगिरहेका छन् ती यात्रुले भन्नु भयोे। अर्को नेपाल यातायात राष्ट्रिय व्यवशायी महासंघका महासचिव सरोज सिटौलाले प्लेन नजाने ठाउँमा मात्र व्यवशायीले फाट्टफुट्ट यात्रु पाएको बताए ।
सिटौलाले सिट क्षमताको आधा मात्र यात्रु राख्ने शर्त हटाउन पनि सरकारसँग माग गरिएको बताए। ‘यातायात चलेको छ भन्दा चलेको छ जस्तै भयो। व्यवशायी र यात्रु दुवै थप मारमा परेको उनले गुनासो गरेका छन् । सिधै हेर्दा पनि यो सरकारको निर्णय व्यावसायीको पक्षमा मात्र रहेको प्रस्टै बुझिन्छ ।