Logo

सरकारले २७ अर्ब सहुलियतपूर्ण ऋण लिदै,बार्ता टोली समेत गठन


मन्त्रिपरिषद बैठक। फोटो सौजन्य : प्रधानमन्त्रीको सचिवालय

कलाखबर संवाददाता,१२ असोज–काठमाण्डौं । सरकारले २७ अर्ब सहुलियतपूर्ण ऋण लिने भएको छ । जसका लागि बार्ता टोली समेत गठन गरिएको छ । असोज ८ गते बसेको मन्त्रिपरिषदको बैठकले ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने ९ अर्ब ३८ करोड र एशियाली विकास बैंकबाट आउन लागेको १८ अर्ब सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गरेको हो।

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार विश्व बैंकको ऋण लिन पाँच सदस्यीय र एसियाली विकास बैंकको ऋण लिन सहसचिवको नतृत्वमा छुट्टाछुट्टै दुईवटा वार्ता टोली गठन भएको छ ।

८ गतेको बैठक स्वास्थ्य क्षेत्र कार्यक्रम(तेस्रो) का लागि  बेलाय सरकारले उपलब्ध गराउने अर्थ तीन अर्ब ५२ करोड अनुदान स्वीकार गर्ने, सशस्त्र प्रहरीका तालिम प्राप्त गोताखोरलाई काम गरेको दिन तीन सय प्रतिशत भक्ता दिने र १० लाखको बीमा गर्ने निर्णय गरेको छ।

सरकारले नेपाली सेनाका प्रमुख सेनानी राजेन्द्र पन्त लेवनान सरकारले प्रदान गर्ने र रमेशनाथ पाण्डेलाई जापान सरकारले दिने विभुषण लिन अनुमति दिने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्